नेपालमा अहिलेसम्म कैयौ बलत्कारका घटनाहरु पत्रपत्रिका छापिए, समाचारमा आए | १३ वर्षका बालिकादेखि लिएर ८६ वर्षका महिलाहरु येस्ता अमानविय घटनाका शिकार बनेका छन्‌. घरघरमा आमा बुवाको त्रास बढ्दो छ

बिहानको पत्रिका पढ्दै आमा भन्नुहुन्छ, “हेर त, हिजो अर्को महिलाको इज्जत लुटिएछ |”

इज्जत लुटिएको महिला भनि हाम्रो समाजले बलात्क्रित महिलालाइ जनाउछ | येस्तो सम्बोधन महिलाको अस्तित्व माथिको तीव्र प्रहार हो |

जब कुनै व्यक्तिले कुनै अर्को व्यक्तिको [मनौंः महिलाको] बलत्कार गर्छ, तब बलत्कार गर्ने व्यक्तिले त्यो महिलाको मानविय अधिकारको हनन गर्छ | महिला माथि जबर्जस्ति गरेर उस्को शरिरिक शोषण गर्दा समाजको मान मर्यादाको अनादर गर्छ | जनावर जस्तो तु्च्छ व्यवहार गर्ने त्यो अपराधिले मानवताको अलिकति पनि कदर नगर्दा पनि किन हाम्रो समाजले त्यो अपराधिलाइ इज्जत लुटिएको व्यक्ति भनि धिक्कार्दैन

समाजवाद र साम्रज्यवाद पुज्ने हाम्रो समाजले शोषित माथि गर्ने यो अन्यायको को जिम्मेवार

के नारी अस्मिता उस्को शरिरमा मात्र सिमित छ? के नारी अस्मिता उस्को योनिमा मात्र केन्द्रित छ

कुनै पनि बलात्क्रित महिला माथि भएको अन्यायले उस्को इज्जत कसरी लुट्यो?

बलात्क्रित महिलाको त्येस्मा के दोष? उस्ले समाजको प्रतिस्ठा माथि के आंच पुर्यायी? जब उस्ले समाजको कुभलो हुने केहि काम गरेकी नै छैन, त उस्को इज्जत कसरी लुटियो?